Section 7G
विद्यमान ग्राहकको पहिचान सम्बन्धी व्यवस्था
(१) सूचक संस्थाले यो दफा प्रारम्भ हुदाका बखत खाता सञ्चालन गरिरहेका वा व्यावसायिक सम्बन्ध कायम रहेका विद्यमान ग्राहक तथा वास्तविक धनीको सम्बन्धमा भएको ग्राहकको पहिचान तथा सम्पुष्टि र सोको पर्याप्तताको पुनरावलोकन गरी त्यस्ता ग्राहक तथा वास्तविक धनीको प्रकार र प्रकृति, व्यावसायिक सम्बन्ध, कारोबार, उत्पादन वा सेवा, देश वा भौगोलिक क्षेत्र वा वितरण प्रणालीको जोखिमका आधारमा यस परिच्छेद बमोजिम ग्राहकको पहिचान तथा सम्पुष्टि गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिमको ग्राहकको पहिचान तथा सम्पुष्टि गर्ने अवधि नियमनकारी निकायले तोकिदिए बमोजिम हुनेछ ।